लिएको घुस गनेर थन्क्याउन नपाउँदै न्यायधिवक्ता रंगेहात पक्राउ

Advertisement

बुटवल । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरि निरौला घुस रकम लिएर गनिरहेको अवस्थामा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८० हजार रुपियाँ घुसहित पक्राउ गरेको हो ।

आयोगको बुटवलस्थित कार्यालयको टोलीले निरौलालाई भैरहवाबाट पक्राउ गरेको हो । उनले मुद्धा मिलाइदिने नाममा सेवाग्राहीसँग उक्त रकम लिएको जनाइएको छ । निरौलामाथि थप अनुसन्धान भइरहेको छ।

Advertisement

Advertisement

Advertisement