निजी आवास पुनर्निर्माणको ४३ प्रतिशत काम सम्पन्न

Advertisement

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्ष भित्र भूकम्पले भत्किएका सबै नीजि घरहरुको निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ । २०७२ को गोर्खा भूकम्पका कारण गृह मन्त्रालयको आधिकारिक तथ्याँक अनुसार नेपालको १४ जिल्लाका पाँच लाख ५४ हजार ९८८ निजी घरहरु भत्किएका थिए ।

तर अहिलेसम्म तीन लाख २६ हजार ५१२ घरहरुको निर्माण कार्य सम्पन्न भईसकेको, प्राधिकरणले बताएको छ । बाँकी ५६ हजार ७८१ घरहरु वन्दै गरेको अवस्थामा रहेका छन् भने अन्यले दोस्रो र तेस्रो किस्ताको भूक्तानीका लागि निवेदन पेश गरेका छन् ।

त्यसैले चालु आर्थिक वर्षभित्र निजी आवासको निर्माण कार्य सक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वताएका छन् ।
आजै पत्रकारहरुसँग कुराकानी गर्दै कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्न तीव्रता दिइएको वताए ।

उनले भने, ‘प्राधिकरणले हालसम्म ४३ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भईसकेको छ, ३४ प्रतिशत काम भईरहेको अवस्थामा छन् भने र बाँकी कामले पनि तीव्रता पाईरहेको छ ’ ।

तर एकीकृत बस्ती निर्माणको काम भने केही ढिलो हुने उनको भनाई छ ।

त्यसैगरी अबको २ वर्ष ३ महिनाभित्र राष्ट्रिय सम्पदा सहितको पुनर्निर्माणको सबै काम पनि सम्पन्न गर्ने प्राधिकरणको ठहर छ । जबकी पुनर्निर्माणका लागि पाँच वर्षको समयसीमा निर्धारण गरिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले धरहरा, रानी पोखरी, काष्ठमण्डप लगाएतका पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामले समेत तिव्रता पाएको वताए ।

पुनर्निर्माणको कामको गति वढाउन, प्राधिकरणले स्थानीय तहलाई नै गुनासो तत्काल सम्बोधन गर्ने प्रावधान सहितको कार्यविधी पनि पारित गरेको छ । यसका साथै पुनर्निर्माणको लागि आवश्यक पर्ने प्राविधिकहरूको उचित व्यवस्था समेत प्राधिकरणले मिलाएको छ ।

Advertisement

Advertisement

Advertisement