वायुसेवा निगमको रणनीतिक साझेदार बन्न पाँच ठूला एयरलायन्स इच्छुक

Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको रणनीतिक साझेदार बन्न विश्वका ठूला एयरलाइन्स कम्पनीले रुची देखाएका छन् । निगमको रणनीतिक साझेदा बन्नको लागि पछिल्लो समय कतार एयरवेज, टर्किस, इथियोपियन एयरलाइन्स, लुफथान्सा कन्सल्टिङ तथा एयर अरेवियाले अनौपचारिक रुपमा प्रस्ताव गरेका छन् ।

निगममा रणनीतिक साझेदार भित्र्याउन लामो सयमदेखि पहल भए पनि हालसम्म ठोस कार्य भने अगाडि बढेको छैन । विगतमा जर्मन कम्पनी लुफथान्साले साझेदार बन्न २ पटकसमम्म सरकारसँग प्रस्ताव गरिसकेको छ ।

जर्मन कम्पनी लुफथान्सा कन्सल्टिङ कम्पनीले गरेको प्रस्तावलाई गतवर्ष माघ महिनामा अर्थ मन्त्रालयले
पनि सहमति दिएको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त प्रस्तावलाई अझैसम्म विचाराधिन अवस्थामै राखेको छ ।

पछिल्लो पटक नेपाल एयरलाईन्सले खरिद गरेका दूई थान एयरबसको ए ३३०–२४३ जहाजले अन्तर्राष्ट्रिय उडान लागि निगमसँग पाँच थान जहाज छन् । जसमा एउटा बोइङ र बाँकी चार वटा एयरवको २ न्यारोबडि र २ वाइडबडि छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई निगम व्यवस्थापनले पूर्ण क्षमतामा चलाउँन नसक्दा मासिक ३१ करोड रुपैयाँ घाटा भइरहेको छ ।

साविकको व्यवस्थापनबाट निगमलाइ नाफामा लैजान नसक्ने निष्कर्षसहित अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयले संयुक्तरुपमा रणनीतिक साझेदार भित्र्याउन पहल सुरु गरेका छन पछिल्लो सयम पस्ताव आएका कप्म्नीले अनौपचारिक रुपमा ल्याएका हुन । नागरिक दैनिकबाट

Advertisement

Advertisement

Advertisement