डलरको मूल्य घट्ने क्रम जारी (विनिमयदरको सुचिसहित)

Advertisement

काठमाडौं।  नेपाल राष्ट्र बैंक  लिमिटेडले कार्तिक पाँच गते  बुधवारको लागि अमेरिकी डलरको खरिददर एक सय १४  रुपियाँ तीन पैसा र बिक्रीदर एक सय १४ रुपियाँ ६३ पैसा कायम गरेको छ।   बैंकले मंगलबार अमेरिकी डलरको खरिददर एक सय १४ रुपियाँ ३३ पैसा र बिक्रीदर एक सय १४ रुपियाँ ९३ पैसा कायम गरेको थियो।

आज यूरोपियन युरोको पनि खरिददर घटेर एक सय ३० रुपियाँ ३७ पैसामा कायम रहेको छ भने बिक्रीदर १ सय ३१ रुपियाँ ६ पैसा रहेको छ।  त्यसैगरी हिजो  एक सय ४७ रुपियाँ नौ पैसा खरिददर भएको यूके पाउण्ड स्ट्रालिंगको आजको खरिददर एक सय ४६ रुपियाँ ६९ पैसा छ भने बिक्रीदर एक सय ४७ रुपियाँ ४६ पैसा रहेको छ।  अन्य देशको खरिददर र बिक्रीदरको लागि तालिकामा  हेर्नुहोस्।

Advertisement

Advertisement

Advertisement