बीमा व्यवसाय तर्फ कर तिर्ने कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनी पहिलो

Advertisement

काठमाडौं । यस वर्ष नेपाल पुनर्बीमा कम्पनी बीमा कम्पनीहरुतर्फ राज्यलाई सबैभन्दा बढी कर तिर्ने संस्था बनेको छ । सरकारले सातौं कर दिवसमा नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी विभिन्न विधाबाट कर तिर्ने १५ संस्था तथा व्यक्तिहरुमध्ये नेपाल पुनर्बीमा कम्पनी पर्न सफल भएको हो ।

आन्तरिक राजस्व विभागले तयार गरेको सुची अनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्थाहरु छनोट गरी हरेक वर्ष विभागले सम्मान गर्दै आएको छ । सम्मानित व्यक्ति तथा कम्पनीलाई नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement