एचएच बजाजको दुई नयाँ सोरुमहरु जीतपुर र गौरमा

Advertisement

काठमाडौं । बजाज अटोमोबाइलको नेपालका लागि आधिकारीक वितरक एचएच बजाजले बाराको जीतपुर र रौतहटको गौरमा अत्याधुनीक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बाराको जीतपुरमा ‘न्यू एसडिएस इन्टरप्राइजेज’ र रौतहटको गौरमा ‘गुप्ता अटोमोबाइल्स’को नाममा दुई वटा सोरुमहरु सञ्चालनमा ल्याएको हो ।

बजाजका नयाँ शोरुमहरुमा बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले जनाएको छ । एचएच बजाजले आफ्ना ग्राहकहरुलाई छिटो र सुलभ सुविधा पुर्याउने प्रयास गरिरहेको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले नयाँ सोरुमको उद्घाटन गर्दै ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

Advertisement

Advertisement

Advertisement