विश्वको जिडीपी ८० ट्रिलियन डलर, यी १० राष्ट्रले डोर्याउँदैछन् विश्व अर्थतन्त्र

Advertisement

काठमाडौं । सन् २०१७ मा विश्वको कुल ग्राहस्थ उत्पादन (जिडीपी) ८० ट्रिलियन डलर पुगेको अनुमान गरिएको छ । विश्व बैंकले गरेको एक अध्यानले यस्तो देखाएको हो ।

विश्व अर्थतन्त्रलाई डोर्याउने विश्वका १० ठूला राष्ट्रको मात्रै विश्व जिडीपीमा दुई तिहाई योगदान रहेको उक्त शोधले देखाएको छ ।

विश्व बैंकका अनुसार विश्व जिडीपीमा अमेरिकाको १९ दशमलव ४ ट्रिलियन डलरको देन रहेको छ । यस्तै विश्व बैंकले देखाएको तथ्यांक अनुसार सन् २०१६ मा सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश चीन यस वर्ष भने एक स्थान तल झर्दै दोस्रो स्थानमा पुगेको छ । चीनले विश्व अर्ततन्त्रमा १२ दशमलव २ ट्रिलियन डलरको योगदान गरेको छ ।

यस्तै अन्य २ ओटा ठुला अर्थतन्त्र भएका राष्ट्रहरु क्रमशः जापान र जर्मनी रहेका छन । उनिहरुको विश्व जिडिपीमा जापानको ४ दशमलव ९ ट्रिलियन डलर र जर्मनीको ४ दशमलव ६ ट्रिलियन डलर रहेको छ । विश्व बैंकका अनुसार यी २ ओटा राष्ट्रको जिडिपी मात्रै चीन र अमेरिकासँग जोड्ने हो भने विश्व जिडिपीको ५० प्रतिशत ओगट्ने देखिन्छ । यस्तै केहि बर्षदेखि यी ठुला अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा भने धेरै परिवर्तन आएको देखिदैन ।

केहि राष्ट्रहरु भने अर्थव्यबस्थाको इमर्जिङ स्टेजमा रहेका छन जुन आफ्नो अर्थ व्यबस्थालाई अघि बढाउन लागिपरेको देखिन्छ । यस्तै भारतले यस्तो जिडिपीमा फ्रान्सलाई उछिनेको छ । भारतको हालको जिडिपी २ दशमलव ६ ट्रिलियन डलर रहेको छ जुन विश्व जिडिपीमा ३ दशमलव ३ प्रतिशत देन रहेको छ । हालको २ बर्षमा भारतले जिडिपीमा तिव्र वृद्धि गरिरहेको छ । भारतले २ बर्षमा आफ्नो अर्थतन्त्रमा ८ दशमलव २ प्रतिशतले वृद्धि गरेको छ । यस्तै ब्राजिल तथा इटाली पनि अर्थतन्त्र वृद्धि गर्ने पक्षमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement