भारतीय दूतावास र भारतीय उद्योग महासंघले आयोजना गर्दै ‘निर्माण उपकरण प्रदर्शनी’

Advertisement

काठमाडौं । भारतीय दूतावास काठमाडौंले भारतीय उद्योग महासंघसँगको सहकार्यमा मंसिर ६ देखि ८ सम्म भक्तपुरस्थित सल्लाघारीको खुल्ला मैदानमा तीन दिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्रदर्शनीमा जेसीभी, एलएण्डटी, हुण्डाई, क्याटेरपिलार, टाटा हिताची जस्ता ठूला कम्पनीहरुसहित भारतका १५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शनी गर्ने भारतीय दूतावासले जनाएको छ । दुई लाख बर्गफिट भन्दा बढी क्षेत्रमा हुने प्रदर्शनी नेपालको सबै भन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुने जनाइएको छ । चार हजारभन्दा बढि व्यापारीहरुले यस प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले यस कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी विशेष आथिति रहने प्रर्दशनीको उदघाटनमा भारत तथा नेपालका निर्माण व्यवसायका अगुवा, व्यापारिक संघसंस्थाहरु तथा नेपाल सरकारका उच्च अधिकारीहरु उपस्थिति रहने बताइएको छ ।

पहिले देखी नै उच्च तहमा चलिआएको औद्योगिक सहकार्यलाई यस प्रर्दशनीले दुई देशबीचको औद्योगिक तथा व्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुई देशका उद्योगहरुलाई जोडने लक्ष्य लिएको दूतावासको भनाई छ ।

Advertisement

Advertisement

Advertisement