अरुण भ्याली हाइड्रोको साधारणसभा मंसिर २८ गते

अरुण भ्याली हाइड्रोको साधारणसभा मंसिर २८ गते

काठमाडौं । अरुण भ्याली हायड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर ११ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले यही मंसिर २८ गते हुन लागेको वार्षिक साधारणसभा (एजीएम)का लागि बुक क्लोज गर्ने भएको हो ।

बुधबार बसेको सञ्चालक समितिको बैंठकले साधारणसभाको मिति तय गरेको कम्पनीले जनाएको छ । अब हुने साधारणसभा कम्पनीको २१ औं साधारणसभा हो ।

मंसिर २८ गते बिहान ११ बजे मैत्रीहल पाँचौ तल्ला, इन्द्रेणी फुडल्याण्ड, नयाँ बानेश्वरमा हुने कम्पनीले जनाएको छ ।