कस्तो सपनाले के को संकेत गर्छ ?

Advertisement

काठमाडौं । सपना यस्तो अनौठो लाग्ने कुरा हो । एक सामान्य र स्वभाविक प्रक्रिया हो । सपनाको संसार ज्यादै रोचक हुन्छ । जसलाई हामि खुला आँखाले हेर्न देख्न सकिँदैन । शास्त्रका अनुसार सपनाको सम्वन्ध सिधा आत्मसँग हुन्छ । तर सपनाका विषयमा पनि आ–आफ्नै मत छन् । पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ।

अवचेतन मस्तिस्कमा आएका दृश्यहरुले तपाईको वास्तविक जीवनमा पनि असर पर्न सक्छ । यस्ता केही सपनाले तपाईलाई धनी वनाउने मार्गमा लान लागिरहेको हुन्छ तर तपाईंलाई थाहा नहुन सक्छ । कतिपय सपनाविदहरुले भविष्यको बारेमा सूचना दिने बताउँछन् ।

उडेको सपना देख्नु
यदी सपनामा हावामा उडेको देख्नुभो भने तपाइँको योजना सफल हुने संकेत दिन्छ भने जागिरमा पनि पदोन्नति हुन्छ । तर उड्दा उड्दै कुनै बस्तुसँग ठोक्कियो भने चाँहि सफलतामा बाधा आइलाग्छ ।

सपनामा हरियाली देख्नु
यदी तपाई हरेक रातको सपनामा हरियाली युक्त बगैचा, हरिया रुख विरुवा देख्नु हुन्छ भने तपाईंलाई चाढै नै धेरै धनलाभ हुने संकेत गर्दछ । यसका साथै सपनामा लक्ष्मीको बाहन उल्लूलाई देख्नु भयो भने तपाईलाई चाँढै धन प्राप्ति हुने मानिन्छ ।

पुरी खाएको देख्नु
यदी सपनामा पुरी खाएको देख्नुभो भने तपायँलाई कतैबाट पनि खुशीको समाचार आउने छ । खुशीको समाचार आउनु

सपनामा हात्ती देख्नु 

सपनामा हात्ती सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ । हात्तीमा बसेको देखेमा भूमीमा गाडिएको धन प्राप्त हुनसक्छ । सेतो रंगको हात्ती सपनामा देखेमा कल्याणकारी फल मिल्छ ।

सपनामा घोडा देख्नु
घोडा देखेमा संकट नास हुन्छ । आपत्तीबाट छुटकारा मिल्छ । घोडा चढेको देखेमा ठूलो पद पाईन्छ । प्रमोशन हुन्छ ।

सपनामा ताल देख्नु
तलाऊ वा पोखरी देखेमा प्रशस्त धन प्राप्ति हुन्छ । स्वच्छ पानी देखेमा मंगल तथा पानीमा पौडिएको देखेमा सुख हुन्छ ।

सपनामा मरेको देख्नु
सपनामा मृत्यु भएको वा लाश देख्नु शुभ मानिन्छ । सर्पले टोक्नु वा सिंह तथा हात्तिले लखेट्नु पनि राम्रै मानिन्छ । तर कुकुरले टोकेको वा नाङ्गो शरिर भएको ब्यक्ति देखिनु एवं भीरबाट खसेको वा भैँसीको हुल देख्नु नराम्रो संकेत हो ।

आँखामा गाजल लगाउनु
यदी सपपनामा तपाइँले सपनामा गाल लगाएको देख्नुभो भने शारीरिक कष्ट हुने, अस्वस्थ अथवा बिरामी हुने संकेत हो ।

सपनामा जमिन हल्लिएको देख्नु
यदी तपाइँले सपनामा जमिन हल्लिएको देख्नुभो भने सम्झनुहोस त्यो सपनाले केहि नराम्रो समाचार निम्त्याउँदेछ । सपनामा दाँत खस्नु, हलो जोत्नु, जग्गा जमिन भासिनु यस्ता सपनाले बिरामी हुने डर र अशुभ समाचार ल्याउने संकेत हो

Advertisement

Advertisement

Advertisement