शहिद स्मारक ‘ए’ डिभिजन लिगः थ्रीस्टार विरुद्ध मनाङ २–१ ले विजयी

Advertisement

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल लिग प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा मनाङ मर्स्याङदी विजयी भएको छ । मनाङले थ्रीस्टार विरुद्ध २–१ गोलअन्तरले विजय हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङलाई विजयी गराउने क्रममा अञ्जन विष्ट र विदेशी खेलाडी आडीलेजेले गोल गरे ।

मनाङका लागि खेलको ११ औं मिनेटमा हेमन गुरुङको पासमा अञ्जन विष्टले भलिबाट गोल गर्दै अग्रता दिलाए । त्यसलगत्तै मनाङले अर्को गोल गर्यो खेलको १८ औं मिनेटमा थ्रीस्टारको डिफेन्स छरपस्ट भएको अवस्थामा मनाङले अर्को गोल थप्यो ।

१८ औँ मिनेटमा विदेशी खेलाडी आडीजेलेले गोल गरे । आफ्ना प्रमुख चार खेलाडीलाई बेन्चमा राखेको मनाङले थ्रीस्टारविरुद्ध प्रभावशाली प्रदर्शन गर्यो । पहिलो हाफमा दुई गोल खाएको थ्रीस्टारले ८२ औं मिनेटमा पेनाल्टीको मौका पायो । पेनाल्टीलाई रञ्जित धिमालले गोलमा परिणत गर्दै खेललाई २(१ मा ल्याए ।

थ्रीस्टारले मनाङविरुद्ध खेलको अन्तिम समयमा दबाब बढाए पनि पराजित हुन पुग्यो । जारी लिगमा यो थ्रीस्टारको पहिलो हार हो । यो जितसँगै मनाङले तीन खेलबाट नौ अंक बटुलेर शीर्ष स्थान आशिन भएको छ । पराजित थ्रीस्टारले भने ६ अंक जोडेको छ ।

Advertisement

Advertisement

Advertisement