वेस्टर्न युनियनको ‘खुसीको पर्व’ योजना बम्पर पुरस्कार घोषणा गर्दै सम्पन्न

Advertisement

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले चाडपर्वको अवसरमा ल्याएको ‘खुसीको पर्व’ योजनाको समापन भएको छ ।

‘खुसीको’ पर्व योजना अन्तर्गत ग्राहकहरुले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकमनै प्राप्त गरेका थिए । योजनामा लक्कि ड्र मार्फत १ जना विजेताले  ५५ दिन सम्म हरेक दिन १५ हजार रुपियाँ जितेका थिए । त्यस्तै योजनाको बम्पर पुरस्कार घोषणा २०७५ मंसिर ३ गते काठमाडौंमा गरिएको थियो जसमा छिरिंग वान्ग्मोले बम्पर उपहार स्वरुप नगद ५ लाख रुपियाँ जितेका थिए।

उक्त योजनामा सहभागीहुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सि.जि फिन्को, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैक, डिजिटेक रेमिट्यान्स र सूर्य रेमिट र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्ने थियो ।

Advertisement

Advertisement

Advertisement