नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अन्तर्राष्ट्रिय पुरस्कार

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआइबी)लाई अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएको छ । सीआइबीलाई वन्यजन्तु अपराध नियन्त्रणका लागि आफूलाई सो पुरस्कार प्राप्त भएको सीआइबीले जनाएको छ ।

संयुक्त राष्ट्र संघीय बाताबरण कार्यक्रमअन्तर्गत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, संयुक्त राष्ट्र संघीय अपराध तथा लागूऔषध कार्यालय, इन्टरप्रो, यूएसएआइडी, फ्रिल्याण्ड फाउण्डेशन, स्वीडेन सरकार, नर्वेजियन सरकारको सहयोगमा अन्तरदेशीय वातावरण अपराधविरुद्ध प्रदान गरिने ‘एसिया इन्भाइरोमेन्टल इन्फोर्समेन्ट अवार्ड २०१८ सीआईबीको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ लाई इन्टेग्रिटी बिधामा प्राप्त भएको हो ।

बैंककमा बिहीबार आयोजित कार्यक्रममा प्रदान गरिएको यो पुरस्कार लिन सीआइबीको वन्यजन्तु अपराध नियन्त्रण इकाइका प्रहरी नायव उपरीक्षक अनुपमशम्शेर राणा पुगेका थिए । एसियामा अन्तरदेशीय वातावरणीय अपराध विरुद्ध कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति र समूहलाई २०१५ देखि प्रदान गर्न थालिएको यो पुरस्कार यो बर्ष तेस्रो पटक प्रदान गरिएको हो । नेपालबाहेक अन्य थुप्रै मुलुकले विभिन्न विधामा यो पुस्कार पाएका थिए ।

साइटिसले प्रतिवन्धित संरक्षित तथा लोपोन्मुख वन्यजन्तु जिवित चिम्पाञ्जी तथा बाँदर २०७४ सालमा नाईजेरियाबाट नेपालमा अवैधरुपमा पैठारी गरी ओसार पसार तथा खरिद बिक्रीमा संगठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएकोले नेपालमा पहिलो पटक वन्यजन्तु अपराधमा केन्द्रीय अनुसन्धान व्यूरोले संगठित अपराध निवारण ऐन तथा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

Advertisement

Advertisement

Advertisement