जनता बैंकको विशेषज्ञ सञ्चालकमा मीना

Advertisement

काठमाडौं । जनता बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले मीनाकुमारी सैंजुलाई विशेषज्ञ सञ्चालकमा नियुक्त गरेको छ । उनलाई बैंकको रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको सो बैंकले जनाएको छ ।

आजै बैंक सञ्चालक समितिका अध्यक्ष केशव रायमाझीले सैंजुलाई पद तथा गोपनियताको सपथग्रहण गराए । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव संगालेकी उनी नेपाल बैंकबाट २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निवृत्त भएकी थिइन् ।

Advertisement

Advertisement

Advertisement