सरकारको प्रष्टिकरणः राष्ट्रपतिलाई एउटै १८ करोडको गाडी किन्न खोज्या होइन

Advertisement

काठमाडौं । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई उपलवव्ध गराउन लागेको आवास तथा सवारी साधानबारे गरिएका प्रचार लोकतन्त्रलाई कमजोर बनाउने किसिमबाट भएको टिप्पणी गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले राष्ट्रपतिको गाडी पुरानो भएको भन्दै ‘राष्ट्रपतिको गाडि बाटैमा घ्याच्च’ भन्ने हेडलाईन राख्ने मिडियाहरुले सरकारले नयाँ गाडी उपलब्ध गराउन खोज्दा गलत प्रचारप्रसार गरेको आरोप लगाए ।

‘पुराना गाडीहरु थिए। एउटै गाडीको १८ करोड होइन। बुलेट प्रुफ एउटा गाडी हो। अगुवा, पछुवा, एम्वुलेन्स र वैकल्पिक व्यवस्थाको लागि इस्पेयर्स (जगेडा) गाडी हो,’ उनले भने ।

गाडी खरिदको विषय अहिले उठेको विषय नभएको उनको भनाई छ। ‘के यी संस्थाहरुलाई केही पनि चाहिँदैन भनेर हामीले भन्न सक्छौं ? उनले भने, ‘राष्ट्रपति माथि लगाइएका आरोपहरु निराधार र खण्डन युक्त छन्। राष्ट्रपति र उपराष्ट्रपतिले सरकारसँग केही माग्नु भएको छैन। यो सरकारको दायित्व हो ।’

प्रहरी प्रतिष्ठानको जमिन खोस्न लागियो भन्ने पनि खण्डनयुक्त रहेको बताए। २०७१ मंसिर ९ गते नै ८ सय ८० रोपनि जमिनमा पनौतिमा प्रहरी प्रतिष्ठान बनाउने भनिएको उनले बताए। १ सय रोपनिमा तालिम केन्द्र हुन्छ की हुँदैन ? भन्ने बास्कोटाले प्रस्न गरे।

राष्ट्रपति बाहिर जाँदा आउँदा सम्पूर्ण यातायात व्यवस्था प्रभावित हुने हुँदा त्यहाँ हेलिप्याड राख्दा त्यो समाधान हुने भएको उनको भनाई छ। ‘सहरको मध्य भागमा तालिम केन्द्र राम्रो होइन। हेलिकप्टर कहिले काहिँको कुरा हो’, उनले भने।

उपराष्ट्रपतिलाई निर्वाचन आयोगसँग राख्नु उचित नभएको उनले बताए। ’समाजकल्याण परिषद सरकारको सवामित्व हो। परिषदलाई ललितपुरमा स्थानान्तरण गर्ने हो। यसमा कालोझण्डा उठाउनु पर्ने अनशन बस्नु पर्ने कुरा छैन’, उनले प्रष्ट पारे।

Advertisement

Advertisement

Advertisement