गायक खरेलको स्वर र मुकुन्द पौडेलको शब्द रहेको म्युजिक भिडियोलाई साता नपुग्दै झण्डै लाख भ्यू

Advertisement

काठमाडौं । गायक प्रमोद खरेलको स्वर तथा कवि एवं गजलकार मुकुन्द पौडेलको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘छातिभित्रै मायाको तिर हानिन् उनैले..’ बोलको म्युजिक भिडियो रिलिज भएको एक हप्ता पुग्न नपाउँदै यूट्युबमा झण्डै एक लाख भ्यु पाउन सफल भएको छ । संगीतकार केशब पौडेले संगीत दिएको यस भिडियो नम्रता सापकोटा र सुधिर खनालले मुख्य अभिनय दिएका छन् भने राजिव समरले कोरियोग्राफी गरेका छन् । भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । यसअघि कविता र मुक्तक संग्रह ‘मजधार’ र ‘मनसिन्धु’ जस्ता कृतिहरु बजारमा ल्याइसकेका पौडेलको यो पहिलो भ्युजिक भिडियो हो । उनले युवादेखि वृद्धसम्मले मन पराउने खालको भिडियो भएको र संगीत र स्वर पनि राम्रो भएकोले छोटो समयमा धेरै स्रोता एवं दर्शकले यसलाई मन परेको बताए । उनले आगामी दिनमा पनि गीत तथा गजलहरु लेख्दै म्युजिक भिडियोहरु ल्याउन आफूलाई प्रेरणा मिलेको बताए ।

Advertisement

Advertisement

Advertisement