साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट

Advertisement

काठमाडौं ।  साताको अन्तिम दिन अर्थात आज शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार प्रतितोला ५८ हजार चार सयमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तीन सय रुपियाँले घटेर प्रतितोला ५८ हजार एक सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ४९ हजार आठ सय १० रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपियाँले घटेर सात सय १५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ६ सय १३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement