डलरको मूल्यमा भारी  गिरावट

Advertisement

काठमाडौं । बिगत केही हप्तादेखि घट्दै आएको डलरको मूल्यमा शुक्रबार ठुलो गिरावट आएको छ । बिहिवारको तुलनामा आज डलरको मूल्य एकैदिन करिब डेढ रुपियाँले घटेको हो ।

नेपाल राष्ट्र बैंकले आजको लागि अमेरीकी एक डलरको बिक्रीदर एक सय १३ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ । बिहिवार एक डलरको बिक्रीदर एक सय १४ रुपियाँ ६३ पैसा रहेको थियो ।

अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै डलरको मूल्य भारतीय मुद्रासामु कमजोर हुँदा त्यसको प्रभावले आन्तरिक बजारमा पनि डलरको मूल्य घटेको हो ।
नेपाली रुपियाँको भारतीय मुद्रासँग स्थिर विनिमयदर कायम भएका कारण भारतीय मुद्रा डलरसामु बलियो हुँदा त्यससँगै नेपाली मुद्रा पनि डलरसामु बलियो भएको हो ।

डलरको मूल्य लगातार बढेसँगै आयातित वस्तुको मूल्य बढेर बजार भाउ बढेकोमा अबभने डलरको मूल्य घट्दा बजारभाउ सस्तिने भएको छ । अमेरिकी डलरसँगै अरु विदेशी मुद्राको भाउ पनि लगातार ओरालो लागेको छ ।

एक युरोपियन युरोको आजको खरिददर एक सय २८ रुपियाँ ६६ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ३४ पैसा रहेको छ । बिहिवार एक युरोको खरिददर एक सय २९ रुपियाँ ७२ पैसा र बिक्रीदर एक सय ३० रुपियाँ ४१ पैसा रहेको थियो । अन्य देशको मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस् ।

Advertisement

Advertisement

Advertisement