‘ब्रोकर नम्बर ४’ले सात दिन कारोबार गर्न नपाउने, धितोपत्र बोर्डको गर्यो कारबाही

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ४ ओपल सेक्युरिटीजलाई कारबाही गरेको छ । तोकिए बमोजिमको बार्षिक हिसाब तथा विवरण बोर्डमा पेश नगरेकोले बोर्डले कारबाही गरेको हो ।

कम्पनीले अर्धबार्षिक र त्रैमासिक विवरण बोर्डमा नबुझाएकोले कारबाही गरिएको बोर्डले जनाएको छ । बोर्डले चेतवानी स्वरुप कम्पनीलाई ७ दिनको लागि कारोबार गर्न रोक लगाएको छ ।
साथै बोर्डले कम्पनीलाई सम्पूर्ण हिसाब र विवरणहरु बुझाउन ७ दिनको अल्टिमेटम दिएको छ । साथै विवरण नबुझाएसम्म कारोबार फुकुवा नहुने बोर्डले स्पष्ट पारेको छ ।

धितोपत्र ब्यबसाय नियमावली २०६४ ले हरेक ब्रोकरले असोज मसान्तसम्म हिसाब विवरण बोर्डमा पेश गर्नु पर्ने ब्यबस्था गरेको छ । ओपलले सो समय भित्र विवरण बुझाउन नसकेपछि ३० दिनको थप समय माग गरेको थियो ।

थपिएको ३० दिनको समयमा पनि ओपलले विवरण नबुझाएपछि बोर्डले कारबाही गरेको हो । ओपलले थपिएको समयमा विवरण नबुझाई थप ७ दिन समय माग गरेको थियो ।

Advertisement

Advertisement

Advertisement