ग्लोबल आइएमईका ग्राहकले बयोधा अस्पतालमा छुट पाउने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ। बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबर्द्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात बयोधा अस्पताल, बल्खुमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट,क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनछन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधिरसर्म्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement