कर सम्बन्धि केही गुनासो वा जिज्ञासा छन् ? भए कल सेन्टरको यी नम्बरमा फोन गर्नुहोस्

Advertisement

काठमाडौं । करदाताहरुको गुनासो तथा जिज्ञासाहरुको सम्बोधनका लागि आन्तरिक राजश्व विभागले ‘कल सेन्टर’को स्थापना गरेको छ । विभागको कार्यालय लाजिम्पाटमा स्थापना गरिएको कल सेन्टरको बिहीवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

विभागले स्थापना गरेको कल सेन्टरमा एक निशुल्क फोन गर्न सकिने ‘टोल फ्री’ नम्बर र अन्य दुई सशुल्क नम्बर रहेका, विभागका उपमाहानिर्दैशक तथा प्रवक्ता यज्ञप्रसाद ढुंगेलले जानकारी दिए ।

कल सेन्टरमा कर सम्बन्धि सम्पूर्ण गुनासा तथा समस्याहरुहरु राख्न सकिने उनले बताए । फोन मार्फत करदाताबाट आएका गुनासा तथा समस्याहरु र त्यसको समाधानका लागि विभागबाट गरिएको प्रयास समेत रेकर्डिङ गर्ने व्यवस्था भएको कल सेन्टरमा गुनासो सम्बोधनका लागि तीन तहको व्यावस्था भएको उनले बताए ।

‘करदाताले राखेको गुनासो र समस्याको बारेमा सकेसम्म कल सेन्टरमा रहेका कर्मचारीको तहबाट समाधानको कोशिस गरिने र सम्भव नभएमा विभिन्न सेवाहरुको बारेमा पहिलेनै रेकर्ड गरेर राखेको अडियो क्लीप सुनाइने छ,’ उनले भने, ‘यदि यसरी पनि गुनासोको सम्बोधन नभएमा कल सेन्टरमा भएका कर्मचारीले उक्त विषयसँग सम्बन्धित अधिकारीलाई कल पास गर्नेछन् ।’

ढुंगेलले कल सेन्टरका फोन नम्बरहरु—१६६००१४००००, ४४१९१११ र ४४१७२२२ रहेको जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement