पाँचौं सेञ्चुरी बैंक करर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता मंसिर १० गतेदेखि  सुरु

Advertisement

 काठमाडौं । सेञ्चुरी बैंकले पाँचौं सेञ्चुरी बैंक करर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता यही मंसिर १० गतेदेखि आयोजना गर्ने भएको छ। ६ दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रगियोगितामा २४ कर्पोरेट हाउस सहभागि हुनेछन् । २४ टिमलाई ८ समूहमा विभाजन गरी समूहको उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गर्नेछ । यसैबीच प्रतियोगिताको ट्रफि, जर्सि र टाइसिट पनि सार्वजनिक गरिएको थियो ।

उक्त पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रन्जन खड्काको उपस्थिती थियो ।

Advertisement

Advertisement

Advertisement