छ्याङ्दी हाइड्रोपावरको पहिलो त्रैमासको आम्दानी डेढ करोडमाथि

Advertisement

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले चालू आवको पहिलो त्रैमासमा एक करोड ५९ लाख ८५ हजार रुपियाँ कमाएको छ । कम्पनीले गत आवको सोहि अवधिमा ७४ लाख ८९ हजार रुपियाँ कमाएकोमा यस वर्षभने दोब्बरभन्दा बढी कमाएको हो ।

छन्दी खोला साना जलविद्युत आयोजनाबाट ४ मेगावाट क्षमताको बिद्युत् आयोजना विकासको काम गरिरहेको छ ।

कम्पनीको दुई करोड ३ लाख रुपियाँको बिजलुी बिक्री गरेको छ । यसको सञ्चालन खर्च ६२ लाख २० हजार रुपियाँ छ भने प्रशासनिक खर्च १९ लाख २६ हजार रुपियाँ रहेको छ ।

कम्पनीको सञ्चालन नाफा १ करोड ७४ लाख रुपियाँ रहेको छ । त्यस्तै कर र बोनस वितरण पछिको नाफा ८९ लाख रहेको कम्पनीले जनाएको छ । यो जलविद्युत आयोजनाको प्रतिसेयर आम्दानी ३ रुपियाँ ३३ पैसा छ ।

अघिल्लो वर्ष यस्तो आम्दानी २ रुपियाँ ६६ पैसा मात्रै रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १०५ रुपियाँ ९२ पैसा रहेको छ । अपेच्छा अनुसार विजुली उत्पादन गर्न सकिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement