अब सिजीको वाइवाइ चाउचाउ काजकिस्तानबाट पनि उत्पादन हुने

Advertisement

काठमाडौं । बहुराष्ट्रिय नेपाली कम्पनी चौधरी ग्रुप (सिजी) ले मध्य एशियाली देश कजाकिस्तानमा समेत वाइवाइ चाउचाउको उत्पादन सुरु गर्ने भएको छ।

वाइवाइ उत्पादनका लागी सिजीले १५ मिलियन अमेरिकी डलर (१ अर्ब ६८ करोड रुपैयाँ)मा नयाँ प्लान्ट खरिद गरेको हो । योसँगै वाइवाइ उत्पादन गर्ने प्लान्टको संख्या १८ पुगेको कम्पनीले बताएको छ । जसमध्ये काठमाडौं नवलपरासी, बर्दिया गरेर तीन वटा प्लान्ट नेपालमै छन्। सुनसरीमा वाइवाइको प्लान्ट निर्माणाधिन छ।

सिजी फुड्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नयाँ प्लान्टको स्थापनासँगै वाइवाइ चाउचाउ मध्य एशियाली मुलुकका मूख्य शहरहरुमा उपलब्ध हुने बताएका छन् । ‘मध्य एशियाली बजार नयाँ स्वादका लागी खुला पायौं,’ प्रेस विज्ञप्तीमा उनले भनेका छन्, ‘वाइवाइ नौलो स्वाद पस्किन वाइवाइ सधैं पहिलो रहँदै आएको छ।’

नेपाली बजारमा सधैं लिड गरिरहेको वाइवाइ वार्षिक २ अर्ब २० करोड प्याकेट बिक्रीसँगै ४५ प्रतिशत बजार हिस्सा छ। अन्तर्राष्ट्रिय चाउचाउ बजारमा वाइवाइले दुई प्रतिशत बजार हिस्सा ओगटेको छ। स्वदेश बाहिर भारतीय बजार वाइवाइका लागी सबैभन्दा आकर्षक बजार बनेको छ। वाइवाइले छोटो समयमै भारतीय चाउचाउ बजारमा २८ प्रतिशत हिस्सा ओगट्न सफल भएको कम्पनीको दाबी छ।

Advertisement

Advertisement

Advertisement