निगमको ग्राउण्डेड वाइडबडी भोलिबाट उडाइने, जहाज खरिदको कागजात पनि  बुझाउने तयारी

Advertisement

काठमाडौं । निगमको ग्राउण्डेड वाइडबडी ‘अन्नपुर्ण’ आईतबार देखि संचालनमा आउने भएको छ । निगमको उक्त जहाजको ब्रेक सिस्टममा समस्या आए पछि विगत १६ दिन देखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्डेड अवस्थामा छ ।

डेडवर्षे वारेन्टी भएको उक्त जहाजमा ल्याएको ४ महिना नपुग्दै समस्या आएको हो । आईतबार देखि संचालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिएका छन । डेडवर्षे वारेन्टी भए पनि यस्ता सानातिना समस्याको लागि वारेन्टी क्लेम नगर्ने निगमले जानकारी दिएको छ । निगमका अनुसार सो जहाजको ब्रेक सिस्टम परिवर्तन गरीसकेको र सानो टुल्स मात्रै आउन बाँकी रहेकाले आईतबार मात्रै संचालनमा आउने छ ।

यसैगरी निगमले अन्तरराष्ट्रिय सम्बन्ध समितिलाई वाइडबडी जहाज खरिद प्रक्रियाको सम्पूर्ण कागजपत्र २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउन तयारी थालेको छ । निगमका कार्यकारी अध्यक्ष खरेलले आज शनिबार भए पनि आफुहरु त्यसको तयारीमा लागेको जानकारी दिएका छन ।

‘हामी हाम्रो तर्फबाट सबै काम आजै सकाउँछौ’ २४ घण्टाको समय जो दिएको छ सोही समयमा बुझाउने तयारी गरे पनि आज बिदा भए पछि भोली मात्रै बुझाउने अध्यक्ष खरेलले जानकारी दिएका छन ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा भएको वाइडबडी जहाज खरिद प्रकरणबारे भएको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सबै कागजपत्र २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएका थिए ।

Advertisement

Advertisement

Advertisement