निर्मला पन्तको हत्यारालाई अब हामी कारवाही गर्छौंः प्रकाण्ड

Advertisement

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई आफुहरुले कारबाही गर्ने बताएको छ ।

भृकुटीमण्डपमा शनिबार भएको जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं ।’
उनले पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत बताएका छन् ।

Advertisement

Advertisement

Advertisement