मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव साधारणसभामा लैजाने

Advertisement

काठमाडौं। मुक्तिनाथ विकास बैंकको १२ औं साधारणसभा यही मंसिर २९ गते आयोजना हुने भएको छ। साधारणसभामार्फत बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने जनाइएको छ।

यसका साथै पुँजी बृद्धिका लागि साधारणसभाले बोनस सेयर बितरणपछि कायम हुने चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिने बताइएको छ ।

साधारणभा प्रयोजनको लागि मंसिर १८ देखि २५ गते सम्म बैंकको बुक क्लोज हुने जनाइएको छ। यसबाट मंसिर १७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस सेयर प्राप्त गर्न सक्नेछन्

बैंकको हालको चुक्ता पूँजी दुर्इ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। प्रस्ताव गरिएको १८.२५ प्रतिशत बोनस सेयर पारित गरिए सँगै चुक्ता पुँजी ३ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ। २० प्रतिशत हकप्रद निष्कासन पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ।

यससँगै मुक्तिनाथ विकास बैंक विकास बैंकहरुमध्ये सबैभन्दा बलियो बैंक हुनेछ। बैंकले गत आर्थिक वर्षमा ५७ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ। बैंकले ३३ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

Advertisement

Advertisement

Advertisement