नेपाल इन्भेष्टमेन्ट बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक  र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  सम्झौतामा  बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डे र इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हस्ताक्षर गरेका छन्  ।

सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको सबै शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६२ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन योजना लगायतका बीमा योजना ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement