‘हामी जागिर खान सरकारमा गएको होइन्, संविधान संशोधनका लागि दबाब दिएको दिएयै छौं’

Advertisement

काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरमका नेता प्रदीप यादवले राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्न राय दिएको बताएका छन् । रिपोर्टर्स क्लवमा आइतबार उनले भने, ‘गरिब देशलाई यत्रो महँगो गाडी किन चाहियो ?’

नेता यादवले सांसदहरु टेम्पो र माईक्रो बस चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन महँगो गाडी चाहियो ? भन्दै प्रश्न गरे । उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि पनि महँगो गाडी खरिद गर्ने कुरा राम्रो होईन, हाम्रो राय भनेको महँगो गाडी खरिद गर्नुहुँदैन भन्ने नै हो ।’

यादवले महँगो गाडी खरिद गर्नेबारे हडबडमा निर्णय भएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने पनि सुझाव दिए । उनले भने, ‘यो निर्णय परिवर्तन गर्नुपर्छ । १८ करोडको गाडी किन चाहियो ? हिजो हामीले पार्टी अध्यक्ष एवम् उपपप्रधानमन्त्री उपेन्द्र यादवसँग दुई घण्टा छलफल गर्यौं । उहाँको राय पनि यही छ ।’

आफ्नो पार्टी संविधान संशोधनको लागि नै सरकारमा गएको यादवले सुनाए । उनले भने, ‘हामी जागिर खान सरकारमा गएका होईनौं । र, संविधान संशोधनको लागि दबाब दिइरहेका छौं । अहिले हडबड गर्दैनौं । सरकारलाई दबाब दिन कुनै कसर बाँकी राख्दैनौं ।’

अब पनि संविधान संशोधन नभएन आफ्नो पार्टी एक मिनेट पनि सरकारमा नबस्ने यादवले स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधन चाँडो हुनुपर्छ । अब पनि भएन भने हामी सरकारबाट बाहिरिएर शान्तिपूर्ण तर दबाबमूलक आन्दोलनमा जान्छौं ।’

भारतबाट विवाहपञ्चमीमा मुख्य अतिथि बनेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने विषयमा टिप्पणी गर्दै यादवले भने, ‘हामी उहाँलाई स–सम्मान स्वागत गर्छौं । उहाँ आउँदा जनकपुरको विकासमा टेवा नै पुग्छ । धार्मिक पर्यटनलगायत समग्र क्षेत्रमा विकास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

उनले कांग्रेसका केही नेताहरुले मुख्यमन्त्री योगीको भ्रमण रोक्नको लागि कु–प्रचार गर्नु र रोक लगाउन खोज्नु खेदजनक रहेको पनि प्रतिक्रिया दिए । रेलको उद्धघाट्न गर्न भारतबा को आउने भन्ने कुरा अहिलेसम्म तय नभएको पनि यादवले जनाए ।

Advertisement

Advertisement

Advertisement