नेपालसहित दक्षिण एसिया क्षेत्र साइबर आक्रमणको उच्च जोखिममाः वर्ल्ड इकोनोमिक फोरम

Advertisement

काठमाडौं । नेपालसहित दक्षिण एसियाली क्षेत्रमा साइबर आक्रमणको जोखिम बढेको छ । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले हालै प्रकाशित गरेको एक रिपोर्टले नेपाल सहित दक्षिण एसियाली क्षेत्रमा व्यापार गर्दा साइबर आक्रमणलाई सबैभन्दा ठूलो र डरलाग्दो जोखिमको रुप लिएको हो ।

फोरमको रिपोर्टका अनुसार सबैभन्दा बढी जोखिमयुक्त मुलुकहरुमा नेपाल, बंगलादेश र पाकिस्तान रहेको छ । यी तीन देशहरुमा मालवेयरयुक्त माइक्रोसफ्ट उत्पादनहरु प्रयोग हुने भएकोले जोखिम उच्च रहेको फोरमले जनाएको छ । यस क्षेत्रको सबैभन्दा ठूलो राष्ट्र भारतलाई साइबर आक्रमणको उच्च चिन्ताको विषय रहेको रिपोर्टमा उल्लेख छ ।

‘अमेरिका र चीनपछि भारत साइबर थ्रेट उच्च छ ’ रिपोर्टमा भनिएको छ , ‘भारतीयहरुको आधार प्रणालीमा रहेको व्यक्तिगत तथ्यांकको सुरक्षामा समेत चिन्ता उब्जेको छ ।’ भारतमा यही वर्षमात्रै चार सरकारी निकायहरुमा रहेका १३ करोड खाताहरु एक्पोज भएको थियो ।

फोरमको रिपोर्ट अनुसार नेपालमा रहेका सबैभन्दा ठूला जोखिमहरुमा वेरोजगारी वा न्युन रोजगारी, राष्ट्रिय र क्षेत्रीय सरकारको असफलता, अनियन्त्रित मुद्रास्फिती, साइबर आक्रमण र अन्तरराज्य कलह रहेको देखाएको छ । रिपोर्टले गत वर्ष भएको संसदीय चुनाव र संविधान बमोजिम सात प्रदेशको निर्माणले राष्ट्रिय शासनप्रणालीलाई असफल बनाएको दाबी गरेको छ ।

Advertisement

Advertisement

Advertisement