सुनको मूल्य घट्ने क्रम जारि, आज दुई महिना यताकै सस्तो

Advertisement

काठमाडौं । साताको दास्रो दिन आज सुनको मूल्य ह्वात्तै घटेको छ ।

आइतवार प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तीन सय रुपियाँले घटेर ५७ हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार सात सउ ७० रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि ५ रुपियाँ घटेको छ । आइतबार प्रतितोला सात सय १० रुपियाँमा कारोबार भएको चाँदीको आज सात सय पाँच रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय चार रुपियाँ पाँच पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement