नेप्सेको अनलाइन प्रणालीको समस्या समाधन नभएको भन्दै लगानीकर्ता आन्दोलनमा उत्रिए

Advertisement

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अनलाइन प्रणालीमा समस्या आएपछि लगानीकर्ताहरु आन्दोलीत भएका छन् । दुई सयभन्दा बढी लगानीकर्ताले नेप्सेकार्यालयमा नाराबाजी गरिरहेका छन् । कन्फिडेन्स नभएसम्म अनलाइन प्रणाली लागु नगर्न माग गर्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

अर्थमन्त्री युवराज खतिवडालाई समेत अनलाइनमा भएको कमजोरी थाहा नभएको लगानीकर्ताले आरोप लगाएका छन् । नेप्सेले हतारमा अनलाइन प्रणालीको उद्घाटन गर्दा आफुहरुको अर्बौं गुमेको भन्दै लगानीकर्ताहरु आन्दोलीत भएका छन् ।

यसैबीच नेप्से र अनलाइन प्रणाली निर्माता कम्पनी वाइकोबीच द्विपक्षीय वार्ता सुरु भएको छ । बैंठकले लगार्नकर्ताहरुलाई युजरनेम र पासवर्ड उपलब्ध गराउने मिति तय गर्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement