तलब, भत्ता, बीमा, चाडपर्व भत्ता लगायत माग सम्बोधन नगरेको भन्दै टानमा तालाबन्दी

Advertisement

काठमाडौं । ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् ।

यूनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् । गत साउनमा तलब, भत्ता, बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानसमक्ष सात सुत्रीय माग पत्र राखेको र तीन महिना बितिसक्दासमेत समस्याको समाधानतर्फ टान कार्यसमिति एवं पदाधिकारी उदासिन भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको जनाइएको छ ।

पथ प्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाएको टिम्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चको साथै विगतमा गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै तालाबन्दी गरिएको मजदुर संगठनहरुको भनाई छ ।

पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकको जाहेज मागलाइ ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत श्रमिकले नपाएको भन्दै तालाबन्दीको विकल्प नभएको उनीहरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement