सेयर बजारको गिरावट अझै पनि रोकिएन्, लगानीकर्ता निराश बन्दै

Advertisement

काठमाडौं । सेयर बजार घट्ने क्रम सोमबार पनि जारी रह्यो । आइतबार दोहोरो अंकले घटेको बजार आज एकल अंकले घट्यो । सेयर बजार परिसुचक नेप्से छ दशमलव ३५ अंकले घटेर एक हजार १६० कायम भएको छ ।

सेयर कारोबारमा केही सुधार भई ३० करोड रुपियाँभन्दा बढिको किनबेच भए पनि नेप्से निरन्तर घट्दा लगानीकर्ता निराश बन्दै गएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सेयर कारोबारलाई अनलाइन प्रणालीमा लगेपछि बजारमा पनि केही सुधार आउनुका साथै थप व्यवस्थित हुने आशा गरिएकोमा अनलाइन प्रणालीमा समस्या आउँदा लगानीकर्ता आन्दोलित बन्न पुगेका छन्् ।

आज अन्य र वित्तबाहेक सबै समूहका उपसुचकहरुमा पनि गिरावट भएको छ । जीवन बीमा, निर्जिवन बीमा र लघुवित्त समूहका उपसुचकहरु एक प्रतिशतभन्दा बढिले गिरावट भएको छ भने बाँकीको गिरावट एक प्रतिशतभन्दा कम छ ।

आज धेरै कारोबार गर्ने एनएमबी बैंकको दुई करोड २७ लाख कारोबार भएको छ । आज धेरै नाफा गर्नेमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ता छन् भने घाटा खानेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement