गरिबी निवारण कोषमा नयाँ उपाध्यक्ष र कार्यकारी निर्देशक, कोषभित्रको भ्रष्टाचार निर्मुल पारिने

Advertisement

काठमाडौं । गरिबी निवारण कोषमा नयाँ उपाध्यक्षमा निर्मल भट्टराई नियुक्त भएका छन् । उनले सोमबार पदबहाली पनि गरे । भट्टराईसँगै कोषका कार्यकारी निर्देशक तथा नेपाल सरकारका सहसचिव छबि रिजालले पनि पदभार ग्रहण गरे ।

पदबहालीपछि भट्टराईले कोषभित्र रहेको भ्रष्टाचार र व्यथितिलाई समाप्त गर्ने दावी गरे । उनले गरिब जनताका पक्षमा काम गर्ने बताउँदै भने, ‘कोष अब नयाँ ढंगले अघि बढ्छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’

यस्तै कार्यकारी निर्देशक रिजाल भूमिसुधार, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव हुन ।

Advertisement

Advertisement

Advertisement