माथिल्लो तामाकोशीको आइपीओ आज  बाँडफाँड हुँदै

Advertisement

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ मंगलबार दिउँसो ३ बजे क्रिष्टल ब्यांकेट बबरमहल, काठमाडौंमा दिउँसो ३ बजे बाँडफाँड हुने भएको छ ।

माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको हो ।

यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि सेयर भरेका छन् ।

Advertisement

Advertisement

Advertisement