निजी क्षेत्रको सुझाव– सामाजिक सुरक्षा कोषमा जम्मा हुने खबौं रुपियाँ राष्ट्र निर्माणमा लगाऔं

Advertisement

काठमाडौं । योगदानमा आधारित श्रमिकहरुको सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरुले कोषमा जम्मा हुने खबौं रुयियाँ देशको विकासमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।

अहिले नै २० अर्ब रुपियाँ जम्मा भइसकेको यस कोषमा अब लाखौं श्रमिकको उनीहरुको पारिश्रमिकको ११ प्रतिशत तथा रोजगारदाताको तर्फबाट २० प्रतिशत रकम जम्मा गर्न केही बर्षभित्रमा अबौं रुपियाँ जम्मा हुने भएकाले यसलाई देशको पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा पनि लगाउन व्यवसायीहरुले आग्रह गरे ।

उनीहरुले सामाजिक सुरक्षा कार्यक्रमले औद्योगिक क्षेत्रमा असल श्रम सम्वन्धको विकास हुने भन्दै अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि यसमा सहभागी गराउने जटिल कामलाई सहज बनाउन आग्रह गरे । व्यवसायीले आफूहरुले एक कदम होइन, पाँच कदम अघि बढेर यस कार्यक्रमलाई सफल बनाउन योगदान दिएको भन्दै त्यसको कारण असल श्रम सम्वन्धको विकास होस् भन्ने हो भने ।

कार्यक्रममा रोजगारदाता परिषदका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवाल, घरेलु तथा साना उद्योग महासंघका पूर्वअध्यक्षले बालेका थिए ।

Advertisement

Advertisement

Advertisement