जनता बैंकको नयाँ शाखा ताप्लेजुङको फक्ताङलुङमा

Advertisement

काठमाडौं । जनता बैंकले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फक्ताङलुङको तापेथोकमा सञ्चालनमा ल्याएको उक्त शाखा बैंकको एक सय २७ औं शाखा कार्यालय हो ।

उक्त शाखा कार्यालयबाट ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले देशभरीबाट १२७ शाखा कार्यालयहरु, ७२ वटा एटिएम, २ एक्स्टेनसन काउन्टर एवं ४५ शाखा रहित बैंकिङहरुमार्फत आधुनिक बैंकिङसेवा प्रदान गर्दै आएको छ । बैंकको कुल ग्रकह संख्या करिब ६ लाख रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement