सिलगुडीबाट झापासम्म अर्को पेट्रोलियम पाइपलाइन निर्माणको तयारी सुरु

Advertisement

काठमाडौं – नेपाल आयल निगमले भारतबाट प्ट्रोलियम पदार्थ ल्याउनका लागि भारतको सिलगुडीबाट झापासम्म अर्को पेट्रोलियम पाइपलाइन निर्माण गर्ने योजना अगाडी सरेको छ । हाल निर्माण क्रममा रहेको मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट देशमा खपत हुने सम्पुर्ण माग धान्न नसक्ने भन्दै निगमले नयाँ पाइपलाइन परियोजना निर्माणको प्रक्रिया अगाडी बढाएको हो ।

भारतको सिलगुडीबाट झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्नका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग छलफल सुरु भएको नेपाल आयल निगमले जनाएको छ। प्रदेश नं १ मा पेट्रोलियम पदार्थ आपूर्ति गर्न सिलगुडीबाट पाइपलाइन ल्याउँदा सस्तो पर्ने भएकाले आइओसीलाई प्रस्ताव गरेको निगमले जनाएको छ ।

निगमका अधिकारीका अनुसार प्रारम्भिक अध्ययनमा सिलगुडीदेखि झापासम्म पाइपलाइन निर्माण गर्न उपयुक्त देखिएको छ। सिलगुडीदेखि झापासम्मको दुरी ४० किलोमिटर छ। सिलगुडीदेखि नेपालको बोर्डरसम्म ३२ किलोमिटर र बोर्डरबाट झापाको चारआली डिपोसम्म आठ किलोमिटर छ।

निगमले अहिले पनि प्रदेश नं १ का लागि चाहिने पेट्रोलियम पदार्थ भारतको बरौनी र सिलगुडीबाट ढुवानी गर्दै आएको छ। बरौनीबाट इन्धन ढुवानी गरेर ल्याउँदा सिलगुडीबाटभन्दा महँगो पर्ने भएकाले अहिले निगमले सिलगुडीबाट तेलको ढुवानी बढाउँदै गएको छ।

Advertisement

Advertisement

Advertisement