गरिमा विकास बैंकको नयाँ शाखा दमकमा

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले मंगलबारबाट झापाको दमकमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेका हुन् ।

विकास बैंकको दमक शाखा कार्यालयको उद्घाटसँगै गरिमा विकास बैंकको प्रदेश १ को शाखा संख्या नौ पुगेको छ । बैंकले प्रदेश १ को झापा, मोरङ्ग र सुनसरीमा गरी ९ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

गरिमा विकास बैंकको काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन् । विकास बैंकले निकट भविष्यमै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्ने जनाएको छ ।

बैंकले चालु आवको मंसिर १० गतेसम्म २४ अर्ब ७५ करोड रुपियाँ निक्षेप संकलन गरी २१ अर्ब ५० करोड रुपियाँ कर्जा लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement