सातवटा भन्सार कार्यालयमा बैंकिङ प्रणालीबाट कारोबार हुँदै

Advertisement

काठमाडौं ।  प्रभु बैंकले  नेपाल–भारत सीमामा रहेका सातवटा भन्सार कार्यालयहरुमा काउण्टर खोली बैंकिङ प्रणालीबाट कारोबार सुरु गर्ने भएकाे छ ।

यस सम्बन्धी कारोबारका लागि भन्सार विभाग र प्रभु बैंकबीच सम्झौता समेत भइसकेकाे छ। सम्झौतामा भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर भएको हाे।

झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले अर्को हप्तादेखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्ने भएको छ।

 

Advertisement

Advertisement

Advertisement