भीभीआईपीको सवारीले त्रिभुवन विमानस्थलको नियमित उडान तालिका प्रभावित

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका प्रभावित भएको छ । शुक्रबारदेखि काठमाडौंमा हुने एसिया प्यसीफिक समिटको सवारी व्यवस्थापनका लागि बिहीबारदेखि नै उडान प्रभावित हुने भएको हो ।

बिहीबार बिहान ११ बजे म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी र ११ः४० मा कम्बोडियाका प्रधानमन्त्री समादेक टेको हुसेनसहित उच्च पदाधिकारी समिटमा सहभागी हुन नेपाल आउने तालिका छ । विमानस्थलका अनुसार उनीहरु आउने १५ मिनेट अघि र विमानस्थल ओर्लिएको १५ मिनेट पछिसम्म नियमित उडान लवरुद्ध हुने छ ।

यसअघि पनि राट्रिय तथा अन्तर्राष्ट्रिय अती विशिष्ट व्यक्तित्वहरुको उडान हुँदा विमानस्थलले फ्लाइट अघि र पछि गरी आधा घण्टाका लागि विमानस्थलको नियमित उडान रोक्ने गरेको थियो । नियमित उडान तालिका हेरफेर भएपछि विमानस्थलले राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुलाई पूर्व जानकारी गराइसकेको छ ।

सम्मेलनमा अति विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने भएकाले उड्डयन व्यवस्थाका लागि गृह मन्त्रालयले निर्देशन दिएको विमानस्थल स्रोतले जनाएको छ । मन्त्रालयले विदेशी पाहुनाहरुको पूर्ण गर्नु सुरक्ष हाफुहरुको महत्वपूर्ण जिम्मेवारी भएकाले सो निर्देशन दिएको विमानस्थल स्रोतले जनाएको छ ।

त्यस्तै समिटका बेला काठमाडौंको ट्रफिक चापलाई व्यवस्थापन गर्न सरकारले बिहीबारबाट १६ गतेसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको छ ।

Advertisement

Advertisement

Advertisement