भुक्तानी प्रणालीलाई सहज बनाउन स्विजरल्याण्डको बीपीसी र आइमार्कबीच सम्झौता

Advertisement

काठमाडौं । नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतीय प्रणालीमार्फत सहज बनाउन स्विट्जरल्यान्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ ।

बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ ।

स्मार्ट भिस्टा लेविश्वका कयौँ बैंक तथा वित्तीय संस्थाहरूको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिसकेको छ ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एसिया प्यासेफिकका प्रबन्धनिर्देशक राजन एस नारायणले सो प्रविधिका बारेमा जानकारी गराएका छन् ।

उनका अनुसार समग्र क्षेत्रका संस्थाहरू डिजिटल बैंकिङ प्रणालीमा आबद्ध भएर लाभान्वित हुन सक्नेछन् । यसले गर्दा व्यापार र समग्र क्षेत्रको भुक्तानीलाई सहज बनाउने बताए ।

बीपीसी बैंकिङ टेक्नोलोजीको स्थापना सन् १९९५ मा भएको हो, जसको नेपाल साझेदारका रूपमा सन २००७ मा स्थापना भएको आइमार्क प्रालि छ । जसले हालसम्म नेपालका करिब ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरूलाई विविध रूपमा क्यास लेस सोसाइटीको निमार्णमा सहजीकरण गर्दै आएको छ ।

बीपीसी बैंकिङ टेक्नोलोजीको स्मार्ट भिस्टा एटीएम स्वीच विश्वका ७३ भन्दा बढी देशका दुई सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गर्दै आइरहेका छन् । आइमार्कले नेपालको बैंकिङ क्षेत्रलाई डिजिटलाइज गराउनविगत ११ वर्षदेखि एक दर्जन बढी वाणिज्य बैंकहरूसँग सहकार्य गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement