कर्णालीमा श्रम तथा रोजगार कार्यालय स्थापना, अर्को महिनादेखि कर्णालीबाटै श्रम स्वीकृति

Advertisement

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालयको स्थापना भएको छ । उक्त कार्यालयको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उद्घाटन गरेका हुन् ।

संघीय श्रम मन्त्रालय मातहतको यस कार्यालय श्रमिक तथा रोजगारदातासँग सम्बन्धित सुविधार र सुरक्ष गर्ने उद्देश्यकासाथ स्थापना भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बिष्टले अब कार्णालीका जनता वैदेशिक रोजगारीको श्रम स्वीकृति लिन काठमाडौं जानु पर्ने बाध्यताको अन्त्य भएको बताए । यसै कार्यालयबाट श्रम स्वीकृति लिन सकिने उनले जानारी दिए ।

‘रोगगारीका विषयमा यहाँका नागरिकले सास्ती खेप्दै आएको हामीले महसुस गरेका छौं ।’ मन्त्री बिष्टले भने, ‘त्यही सास्तीलाई ध्यानमा राखेर प्रदेशस्तरीय श्रप तथा रोजगार कार्यालय स्थापना गरेका छौं ।’ उनले अघि भने, ‘अब वैदेशिक यात्रामा हुने झन्झटिलो र ठगिने भन्दाबाट यहाँका नागरिकले छुटकारा पाउने विश्वास छ ।’

उक्त कार्यालयले पूर्ण स्वीकृति दिने भन्दै अब हजारौं रकम खर्च गरेर श्रम स्वीकृतिको लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । सरकारले अब उमेर अनुासारको रोजगारी सिर्जना गर्ने पनि उनले जानकारी दिए । स्वदेशमै रोजगारीको सिर्जना गर्नमा सरकार रत भएर लागेको उनले दोहोर्याए ।

श्रम मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहहरुमा रोजगार सेवा केन्द्र स्थापना गर्ने र लगत्तै सेवा अधिकृतसहित कर्मचारी पठाउने उनले जानकारी दिए ।

यस कार्यालयले हालका लागि श्रम तथा रोजगार कार्यालयले तत्कालका लागि श्रमसम्बन्धी विवादको निराकरण, बालश्रम निवारण, ट्रेड युनियन दर्ता नवीकरण, श्रम ऐन कार्यान्वयनको अनुगमन तथा कारबाही लगायत काम गर्ने जनाइएको छ ।

वैदेशिक रोजगारमा जानेका लागि प्रदेशस्तरबाटै श्रम स्वीकृत दिने व्यवस्था लागू गर्न भने केही दिनको समय लाग्ने कार्यालयले जनाएको छ ।

कार्यालयले एक महिनाभित्र यहीँबाट श्रम स्वीकृति गर्ने व्यवस्था हुने निमित्त वरिष्ठ अधिकृत श्यामकृष्ण आचार्यले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement