‘एसिया प्यासिफिक समिट’मा भाग लिन कम्बोडियाका प्रधानमन्त्री आइपुगे

Advertisement

काठमाडौं । ‘एसिया प्यासिफिक समिट–२०१८’मा भाग लिन कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौं आइपुगेका छन् । सम्मेलन शुक्रबारदेखि हुँदैछ । यसअघि म्यानमारकी विदेशमन्त्री आङ साङ सू की आइसकेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारका रक्षामन्त्री र्इश्वर पोखरेलले सेन र सुकी दुवैलार्इ स्वागत गरे । त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै सेन सोल्टी होटलतिर लागेका छन्।

हेलिकप्टरसहितको विशेष सुरक्षासहित उनलार्इ विशिष्ठ पाहुना बस्ने व्यवस्था मिलाइएको सोल्टी होटल लगिएको जनाइएको छ । सम्मेलनका लागि अन्य मुलुकका पाहुना पनि आज र भोली काठमाडौं आउँने कार्यक्रम छ ।

दुई दिने यस सम्मेलनमा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउँदैछन्, जसमा बहालवाला तथा पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख जस्ता विशिष्ट व्यक्तिसहितका प्रतिनिधिहरु छन् ।

नेपाल सरकारसमेत आयोजक रहेको यस सम्मेलनमा युनिभर्सल पिस फेडरेसन, नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी)को सहकार्य रहेको छ ।

Advertisement

Advertisement

Advertisement