आफ्नै अध्यक्षलाई पितृशोक परेको गैरआवासीय नेपाली संघले पाँच दिनपछि चाल पायो

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई पितृशोक परेको सो संघले बल्ल चाल पारेको छ । भट्टका बाबु यदुप्रसाद भट्टको मृत्यु भएको पाँच दिनपछि बिहीबार संघले शोक वक्तव्य जारी गरेको छ ।

आफ्नै अध्यक्ष शोकमा पर्दा मृत्यु भएकै दिन वक्तव्य जारी गर्न यदि संभव नभए भोलिपल्टसम्म जारी गर्नुपर्नेमा ढिलो गरी आज मात्रै जारी गरिएको हो । पञ्चायतकालमा मन्त्रीसमेत भएका भवन भट्टका बाबु यदुप्रसादको जापानको टोक्योमा गत आइतबार निधन भएको हो ।

उनको निधनप्रति शोक प्रकट गर्दै संघले मुलुकले एक कुशल राजनीतिज्ञ र ख्यातिप्राप्त समाजसेवी गुमाएको जनाएको छ ।
साथै संघले स्वर्गीय भट्टको स्वर्गीय भट्टको आत्माको चीरशान्तिको कामना गर्दै उनीप्रति श्रध्दाञ्जली अर्पण गरेको छ ।

Advertisement

Advertisement

Advertisement