राजश्व विभागले मालपोत कार्यालयमार्फत करदाता र जग्गाधनीको अनलाइन निगरानी गर्ने

Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभागले देशभरिका मालपोत कार्यालयहरुमार्फत हुने राजश्व संकलन प्रक्रिया र करदाताको निगरानी गर्ने भएको छ ।

विभागले आफ्नो सुचना प्रणालीको विस्तार गरी करदाताको आर्थिक गतिविधिलाई नजिकबाट निगरानी गर्दे सम्भावित कर छली नियन्त्रण गर्नका लागि मालपोत कार्यालय अन्तर्गत हुने कर संकलनलाई निगरानी गर्न लागिएको जनाएको छ ।

सोही उद्देश्यका लागि विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग सुचना आदनप्रदान गर्ने प्रणालीको स्थापना गर्न लागेको राजश्व विभागका प्रवक्ता तथा उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले बताएका छन् ।

दुई विभागबीच आवश्यक सुचना तथा तथ्यांकहरु आदानप्रदान गर्नका लागि राजश्व विभागमा सञ्चालित ‘एकिकृत कर प्रणाली’ र भूमि व्यवस्थापन विभागले सञ्चालनमा ल्याएको ‘भू—अभिलेख सुचना व्यवस्थापन प्रणाली’बीच अन्र्तआवद्धता गर्न लागिएको ढुंगेलले बताए ।

विभागहरुको सूचना प्रणालीलाई अन्र्तआवद्धता गर्नका लागि एक कार्यदन गठन भएको र कार्यदलले नियमित रुपमा कार्य गरिरहेकाले छिट्टैनै अन्र्तआवद्धता स्थापना भएर तथ्यांक आदानप्रदान सुरु हुने उनले बताए ।

आन्तरिक राजश्व विभागले यसअघि कम्पनी रजिष्टरको कार्यालाय, अध्यागमन विभाग र भन्सार विभागसँग तथ्यांक आदानप्रदानका लागि सहकार्य गरिसकेको छ भने नेपाल राष्ट्र बैंक, माहालेखा नियन्त्रकको कार्यलय र चार्टर एकाउन्टेन्ट संस्था नेपालसँग पनि सहकार्यको लागि तयारी गरिरहेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको अनलाइन प्रणालीसँगको अन्र्तआवद्धता पश्चात आन्तरिक राजश्व विभागले देशभरबाट हुने जग्गको कारोबार र त्यसबाट उठ्ने पुजीगत लाभकर लगायतका राजश्वको प्रत्यक्ष निगरानी गर्न सक्ने ढुंगेलको भनाइ छ । यसका साथै मालपोत कार्यालयहरुबाट प्राप्त हुने करदाताका सुचना विभागलाई अन्य प्रयोजनका लगि पनि उपयोगी हुने उनले बताए ।

दुई प्रणालीको अन्र्तआवद्धतापछि राजश्व विभागले मालपोत कार्यालयहरु मार्फत देशभरका नागरिकका नाममा भएको जग्गाको विवरण तथा कारोबार सम्बन्धि जानकारी सिधै पाउने उनले बताए । यसबाट करदाताले सम्पत्ति लुकाउने र कर छल्ने परिपाटीलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

हाल भूमि व्यवस्थापन तथा अभिलेख  विभागले मातहतका ४३ वटा मालपोत कार्यालयहरुमा अनलाइनमा आधारित भू—अभिलेख सुचना व्यवस्थापन प्रणाली लागू गरेको छ । यसै अर्थिक वर्षभित्र विभागले थप ४१ वटा मालपोत कार्यालयमा यो प्रणाली लागू गर्ने योजनामा रहेको भूमि व्यवस्था विभागका कम्पुटर अधिकृत हिरा गोपाल महर्जनले जानकारी दिए ।

देशभर कुल १ सय ३१ मालपोत कार्यालयहरु रहेकोमा बाँकी ४७ वटामा अर्कौ आवभित्र उक्त प्रणाली लागू गरिने महर्जनले जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement