सनराइज बैंकले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको बिहिवार सम्पन्न ३०३औँ सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई कर सहित चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको छ । सभाले पारित गरे पश्चात कम्पनीले उक्त पुँजीको रकमका आधारमा ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

Advertisement

Advertisement

Advertisement