डलरको मूल्य घट्नेक्रम जारी, आज एकै दिन ठूलो गिरावट

Advertisement

काठमाडौं । नेपाली विनिमय बजारमा अमरिकी डलरको मूल्य घट्नेक्रम जारी रहेको छ । शुक्रबार एकै दिन डलरको मूल्यमा एक रुपियाँ २५ पैसाले गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले आज प्रति डलरको बिक्री मूल्य एक सय १२ रुपियाँ पाँच पैसा निर्धारण गरेको छ । हिजो बिहीबार प्रति अमेरिकी डलरको मूल्य एक सय १३ रपियाँ ३० पैसा निर्धारण भएको थियो ।

अक्टोबर १० तारिकका दिन प्रति डलरको मूल्य अहिलेसम्मकै उच्च एक सय १९ रुपियाँ ३३ पैसा पुगेकोमा त्यसएता प्रति अमेरिकी डलरको मूल्य सात रुपियाँ २८ पैसाले घटिसकेको छ ।

अन्तराष्ट्रिय विनिमय बजारमा अमेरिकी डलरसामु भारतीय मुद्रा मजबुद हुँदा नेपाली मुद्रा पनि डलरसामु बलियो भएको हो । नेपाली मुद्राको विनिमय दर भारतीय मुद्राका विनिमय दर स्थिर रहेकाले भारतीय मुद्रा बलियो हुँदा त्यसको प्रभाव सिधै नेपाली मुद्रामा पर्ने गर्छ ।

डलरको मूल्यमा आएको वृद्धिको कारण आयातित वस्तुहरुको मूल्य बढ्न गइ बाजार भाउ बढिरेको अवस्थामा डलरको भाउ घट्नक्रम जारी रहेमा बजार भाउ बढ्नेक्रम केही कम हुने देखिएको छ ।

Advertisement

Advertisement

Advertisement