सिद्धार्थ बैंकको साढे चार लाख कित्ता ऋणपत्र मंसिर २३ गतेदेखि बिक्री हुँदै

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्र यही मंसिर २३ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने भएको छ । बैंकले चार लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।

२२ हजार पाँच सय कित्ता सेयर भने सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले न्युनतम २० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्रका लागि आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापीटलले जनाएको छ ।

बैंकको ऋणपत्र पहिलो चरणमा मंसिर २३ गतेदेखि २६ गतेसम्म बिक्री हुनेछ । यदी पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष २३ गतेसम्मका लागि बिक्री खुल्ला राख्ने प्रबन्धक एनआईबीएल क्यापीटलले जनाएको छ ।

बैंकले जारी गर्ने उक्त ऋणपत्रको परिपक्व हुने समय सात वर्ष रहेको छ । बैंकले लगानीकर्ताहरुलाई वार्षिक १० दशमलव ५० प्रतिशतको दरमा प्रत्येक वर्षको एक पटक व्याज दिने जनाएको छ ।

इक्र नेपालले बैंकको ऋणपत्रलाई रेटिङमा ‘इक्रा एनपिएल ट्रिपल वि प्लस’ दिएको छ । उक्त रेटिङले कर्जाको मध्यम जोखिम रहेको बुझाउँछ । बैंकले यसअघि तीन पटक ऋणपत्र जारी गरिसकेको छ । हाल निष्काशन हुनेसहित बैंकले कूल तीन अर्ब ४५ करोड रुपियाँको ऋणपत्र निष्काशन गर्ने छ ।

Advertisement

Advertisement

Advertisement